News
नेपालले बराबरी खेल्दा बंगलादेश फाइनलमा
काठमाडौं । थ्री नेशन्स कपतर्फ आफ्नो पहिलो म्याच खेलेको नेपालले बिहीबार किर्गिस्तान यु–२३ सँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । यो बराबरी नतिजासँगै बंगलादेश भने फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
स्मरण रहोस, बंगलादेशले चैत्र १० गतेका दिन भएको प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान यु–२३ लाई १–० ले हराएको थियो । नेपालले अब लिग चरणको अन्तिम खेल चैत्र १४ गते शनिबारका दिन बंगलादेशसँग खेल्नेछ ।
फाइनलमा प्रवेश गर्नका लागि नेपाललाई बराबरी वा निश्चित जितको खाँचो पर्नेछ । यदि १ गोल भन्दा बढी अन्तरले पराजित हुन पुगे नेपाल प्रतियोगिताबाट बाहिरिने सम्भावना समेत छ ।
बिहीबारको खेलमा खेलमा किर्गिस्तानका अविलोव इमाज म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत २५० अमेरिकी डलरसहित ट्रफी समेत हात पारे ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न