News
माशाको फराकिलो जितमा अनिताको १६ गोल
काठमाडौं । पाकिस्तानको एक मात्र आधिकारिक महिला फुटबल प्रतियोगिताका रुपमा रहेको नेशनल वुमन फुटबल च्याम्पियनसिप खेल्न पुगेका नेपाली चेलीहरुले गोलको बर्षा गरिरहेका छन् ।
प्रतियोगितामा माशा युनाइटेडका लागि नेपालका चार महिला खेलाडीहरु अन्जिला तुम्बाप्पो सुब्बा, अनिता केसी, सरु लिम्बु र गीता रानाले खेलिरहेका छन् ।
प्रतियोगिताको समूह बी मा रहेको माशा युनाइटेडले मंगलबार कराँची वुमन फुटबल क्लबमाथि ३५–० को फराकिलो जित निकाल्दा अनिता केसी एक्लैले १६ गोल गरेकी छिन् । त्यस्तै सरु लिम्बुले पनि १० गोल गरिन् ।
त्यस्तै गीता राना र अन्जिला तुम्बाप्पो सुब्बाले पनि समान २–२ गोल गरे । त्यसैगरीले अरिबाले पनि ह्याट्रिक पूरा गरिन् भने समरोज समरिनको नाममा दुई गोल रह्यो ।
उपाधि कै दावेदार मानिएको माशाले क्वाटरफाइनलमा समेत आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न