काठमाडौं । लामो समयपछि नेपालको घरेल’ मैदानमा अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ । अर्थात् आजदेखि दशरथ रंगशालामा थ्री नेशन्स कप फुटबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानको यु–२३ टोली समावेश छन् ।
जसअन्तरगत प्रतियोगिताको उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार ५ः३० बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा तीनै टोलीले राम्रो खेल्ने बताएका छन् ।
आज हुने खेलमा दुवै टोली निश्चित जितका लागि उत्रिने पक्का छ । दुवै टोलीबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अनुमान समेत गरिको छ । बंगलादेशले पछिल्ला गल्तीहरुलाई सुधारेर खेल्ने बताएको छ भने किर्गिस्तानले थोरै तयारीका बावजुद राम्रो खेल पस्किने स्पष्ट पारेको छ ।
लिग चरणको खेलपश्चात शिर्ष दुई फाइनलमा भिड्ने छन् । नेपालले आफ्नो पहिलो खेल चैत्र १२ गते किर्गिस्तानसँग खेल्नेछ । त्यस्तै १४ गते बंगलादेशसँग खेल्नेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न