News
चितवनको मार्की खेलाडी बने भरत

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान तथा राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास नेपाल सुपर लिगको फ्रेन्चाईज क्लब एफसी चितवनको मार्की खेलाडीका रुपमा अनुवन्धित भएका छन् ।
आईएमई ग्रुपको स्वामित्वमा रहेको चितवनले पूर्व थ्रीस्टार र आर्मी क्लबकै चर्चित प्रशिक्षक मेघराज केसीलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको समेत पुष्टी गरेको छ।
नेपाल स्पोर्टस एण्ड म्यानेजमेण्टको आयोजनामा आउँदो बैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुने सुपर लिगमा सहभागि ललितपुर सिटीले अन्जन बिष्ट र धनगढी एफसीले बिशाल राईलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरिसकेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग समेत रहने सुपर लिगमा कुल १९ खेलहरु हुने समेत बताइएको छ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय