News
थ्री नेशन्स कपको खेलतालिका सार्वजनिक
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै हुन गईरहेको तीन देश सम्मिलित फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।
नेपालसहित बंगलादेश र किर्गिस्तानको ओलम्पिक टोलीले सहभागिता जनाउने प्रतियोगिता यहि आउँदो चैत १० देखि १६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
प्रतियोगिताको उद्घाट खेलमा चैत १० गतेका दिन किर्गिस्तान र बंगलादेश भिड्ने छन् । त्यस्तै चैत १२ गतेका दिन नेपाल र किर्गिस्तान भिड्ने छन् भने चैत १४ गतेका दिन लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश आमने सामने हुने छन् ।
लिग चरणको खेलपछि शिर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि फाइनलमा भिड्ने छन् । फाइनल खेल भने चैत १६ गतेका दिन हुनेछ ।
सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् भने खेल शुरु हुने नेपाली समय ५ः३० बजे तोकिएको एन्फाले जनाएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न