तेह्रथुमको आठराई २ स्थित खाम्लालुङमा स्व. गजेन्द्र इस्वो स्मृति फुटबल कप २०७७ मंगलबारदेखि सुरु भएको छ ।
स्थानीय कालिका आधारभूत माविको खेल मैदानमा पहिलो दिन दुई खेल भए । जसमा सेनलप युवा क्लब र उद्योग वाणिज्य संघ संक्रान्तिले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा नव कोपिला युवा क्लबलाई ३-० गोलले पराजित गर्दै सेनलपले विजयी सुरुवात गरेको हो । सेनलपका लागि कप्तान सन्तोष लिम्बूले एक गोल गर्दा सन्देश लिम्बूले २ गोल गरेका थिए । सन्देश म्यान अफ दी म्याच घोषित भएर नगद १ हजार पाउन सफल भए ।
त्यस्तै, दोस्रो खेलमा आयोजक आठराई २, खाम्लालु को बी टिमलाई टाइब्रेकरमा पराजित गर्दै संक्रान्ति दोस्रो खेलमा प्रवेश गरेको छ ।
निर्धारित समय गोलरहित बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा संक्रान्तिले ५-४ गोल अन्तरमा जीत निकाल्दै दोस्रो खेलमा प्रवेश गरेको हो । खेलको म्यान अफ दी म्याच आयोजकका जीवन लिम्बू घोषित भए । उनले पनि नगद १ हजार पाए ।
आयोजक आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फको विजेताले नगद १ लाख २० हजार र उपविजेताले नगद ८० हजार तथा महिलातर्फको विजेताले नगद ६० हजार र उपविजेताले ४० हजार, ट्रफी पाउनेछ । भोलि (बुधबार) महिलाको एक खेलसहित चार खेल हुने आयोजकले जनाएको छ ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने