बुटवल । “जितेर जाउ नत्र सिकेर जाउ” भन्ने मूल नाराका साथ शुरु हुन गईरहेको दोस्रो नव युग कप खुला नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
नव युग युवा क्लब, सैनामैना–१ बनकट्टाको आयोजनामा यहि फागुन १५ गते शनिबारदेखि शुरु हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको कुरा प्रतियोगिता संयोजक सुनिल शाहीले बताएका हुन् ।
शाहीका अनुसार प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा आयोजक नव युग युवा क्लब (बी) र बुद्धभूमि फुटबल एकेडेमी, बाँसगढी भिड्ने संयोजक शाहीले बताए ।
स्थानीय स्तरमा फुटबल खेललाई थप प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन गईरहेको तथा सैनामैना नगरपालिका प्रवद्र्धक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने संयोजक शाहीले जानकारी दिए ।
सैनामैना–१ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल भने यहि फागुन २५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको आधिकारिक वेब पार्टन गोलनेपाल डटकम रहेको छ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने