News
सुनगाभा र ग्यालेक्सीको जित
बुटवल । सुनगाभा सेकेण्डरी स्कुल र ग्यालेक्सी इङलिस बोर्डिङ स्कुल, सैनामैना रुपन्देहीमा जारी एसियन पेन्टस च्याम्पियन्स कप यु–१८ अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको खेलमा सुनगाभाले सिद्धार्थ मोडर्न स्कुललाई ६–० को अन्तरले हरायो । त्यस्तै ग्यालेक्सीले अक्सफोर्ड स्कुललाई समान ६–० कै अन्तरले पराजित गर्यो ।
हिमालयन डायलग प्रा.लि. को आयोजना तथा रुपन्देही जिल्ला फुटबल संघको व्यवस्थापन र संयोजनमा जारी प्रतियोगिताको विजेताले काठमाडौंमा हुने अन्तिम चरणको निर्णायक प्रतियोगिता खेल्नेछ ।
Post Comments