दिपनगर । नव एकता युवा क्लब तथा प्रदिपनगर टोल विकास संस्था, तिलोत्तमा–८, रुपन्देहीको आयोजनामा यही असार १३ गते शनिबारदेखि नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष कृष्ण प्रसाद पौडेल, प्रदिपनगर टोल विकास संस्थाकी अध्यक्ष गोमा रिजालले संयुक्त रुपमा गरेका थिए ।
सो अवसरमा तिलोत्तमा–८ का जनप्रतिनिधी वार्ड सदस्य खुम बहादुर खासु मगर, दिपज्योति टोल विकास संस्थाका अध्यक्ष ओमप्रकाश खनाल, समाजसेवी केशवराज अर्याल लगायतको उपस्थिति रहेको थियो ।
तिलोत्तमा–८, दीपनगर स्थित जन भावना माविको खेलमैदानमा प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । पहिलो खेलमा आयोजक नव एकता युवा क्लब (हरियो) ले अमुवा एफसीलाई २–० ले हरायो । नव एकताका लागि दुवै गोल मिलन आलेले गरे । खेलमा मिलन नै म्यान अफ द म्याच बने ।
त्यस्तै दोस्रो खेलमा सतगढी युवा क्लबले हुक्का गाईजलाई २–० कै अन्तरले पराजित गर्यो । सतगढीको जितमा करन पुन र भुवन थापाले गरे । खेलको म्यान अफ द म्याच भने सतगढी कै युनिश केसी घोषित भए ।
कुल २६ टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।