
१३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरा रंगशालामा हालिएको दुबो काम नलाग्ने गरि बिग्रिएपछि फेरि नयाँ दुबो कोलकाताबाट ल्याइएको छ ।
सागको केही खेलहरु आयोजना गर्ने जिम्मा पाएको पर्यटकीय नगरी पोखरामा महिला फुटबल प्रतियोगिता पनि हुने बताइएको थियो । साग कै लागि भनेर पुरानो पोखरा रंगशालालाई भत्काएर नयाँ रुप दिने काम पनि शुरु गरिएको थियो ।
तर, कार्यक्रम र योजनाअनुसार नै रंगशालाको निर्माण कार्य भने शुरु हुन सकेन । सोही क्रममा रंगशालामा हाल्न कोलकाताबाट ६० लाख भन्दा बढी मूल्य पर्ने दुबो ल्याइएको थियो ।
तर त्यो मैदानमा राख्दै गर्दा नै काम नलाग्ने गरि बिग्रिएको थियो । दुबो बिग्रिएपछि त्यसको चौतर्फी आलोचना हुन थालेको थियो । यद्यपि अहिले फेरि कोलकाताबाट नै नयाँ दुबो ल्याइएको छ ।
तर निर्माण कार्य भने सन्तुष्ट हुने किसिमले हुन सकिरहेको छैन । पोखरा रंगशालामा दुबो राख्ने र निर्माण कार्य निश्चित समय मै सकिए तापनि, त्यो दिगो र भरपर्दो नहुने धेरैको बुझाई छ ।
स्मरण रहोस, दक्षिण एसियाली खेलकुदको कुम्भमेला साग यहि मंसिर १५ गतेदेखि काठमाडौं र पोखरामा शुरु हुँदैछ । यद्यपि त्यसका लागि आयोजक मुलुक भएर पनि नेपालको तयारी भने खासै प्रभावकारी हुन सकेको छैन ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड