पोखरा । जावलाखेल युथ क्लब पोखरामा जारी प्रतिष्ठित २५औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनलतर्फ जावलाखेलले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । पोखरा रंगशालामा भएको खेलको ४८औं मिनटमा धर्वेन्द्र कुँवरको गोलबाट जावलाखेलले खेलमा अग्रता बनाएको थियो । टोलीले थप दूई गोल भने अन्तिमतिर गर्न सफल भयो । ८८औं मिनटमा निकोलास हेमिल्टनले दोस्रो गोल गर्दा अन्तिमतिर इन्जुरी समयमा सुजन गुरुङले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे । खेलमा जावलाखेलका निकोलास हेमिल्टन प्लेयर अफ दि म्याच चुनिए ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १४ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन ९ गतेका दिन हुनेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)