News लिङतेप,हाङपाङ र आयोजक निलो ताप्लेजुङको नाल्बुमा जारी प्रतियोगिताको क्वाटर फाइनल प्रवेश
गोलनेपाल

मेरिङदेन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा स्वर्गीय सुक बहादुर र मनमायॉ नाल्बो स्मृती वडा स्तरीय पुरूष फुटबलको दोस्रो दिन मेरिङदेन ४ लिङतेप,आठराई त्रिवेणि ३ हाङपाङ र आयोजक निलो क्वाटर फाइनलमा प्रवेश गरेका छन ।

लिङतेप र आयोजक निलोले नेट बल मार्फत क्वाटर फाइनल स्थान पक्का गरेका हुन भने हाङपाङले मेरिङदेन ५ थुकिमालाई ४-० ले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो।

खेल तालिकामा तोकिएको समयमा फक्ताङलुङ ४ इखाबु खेल मैदानमा उपस्थित नभए पछि लिङतेपले नेटबल मार्फत अघि बढ्ने मौका पाएको थियो भने मिक्वाखोला १ खोक्लिङ निर्धारित समयमा नआए पछि आयोजक निलोले नेट बल मार्फत क्वाटर फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको तेस्रो दिन माघ २७ गते प्रि-क्वाटरका बॅाकी ४ खेल हुने खेल तालिका रहेको छ । मंगलबार हुने पहिलो खेलमा आयोजक सेतो र फालेलुङ ६ पॅाचथर बिच प्रतिस्पर्धा हुनेछ ।

फागुन १ गते सम्म सन्चालन हुने प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै महिलातर्फ विजेताले ५१ हजार १ सय रुपैयाँ र उपविजेताले ३१ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन्।

दुवै विधामा प्रथम पुरस्कार सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारद्वारा प्रायोजन गरिएको हो भने द्वितीय पुरस्कार लालबहादुर नाल्वो, उनकी श्रीमती तुलामाया नाल्वो तथा छोराहरू दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारले प्रायोजन गरेको समाजका सचिव योगेन नाल्वोले जानकारी दिनुभयो।

आयोजकका अनुसार पुरुष फुटबलतर्फ सेमिफाइनलमा पुग्ने दुई टिमलाई दश हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिनेछ। साथै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ दिइनेछ। विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर तथा सर्वोत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समाजले जनाएको छ।

 

Post Comments