
काठमाडौं । राष्ट्रिय महिला लिगमा उपाधितिर अग्रसर रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबले शतप्रतिशत जितको यात्रालाई बुधबार आफ्नो आठौं खेलमा पनि निरन्तरता दियो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न एक मात्र खेलमा एपिएफले चन्द्रपुर नगरपालिका, रौतहट माथि ८–० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा स्टार फरवार्ड साबित्रा भण्डारीले दोहोरो ह्याट्रिक जमाईन । त्यस्तै थप दुई गोल भने अनिता बस्नेतको नाममा रह्यो ।
प्लेयर अफ द म्याच पनि एपिएफकी डबल ह्याट्रिककर्ता साबित्रा भण्डारी नै घोषित भईन् । यो जितसँगै एपिएफले ८ खेलबाट २४ अंक जोड्दै लिगतालिकामा आफ्नो शिर्षता कायम राखेको छ । साथै दोस्रो स्थानको टोली आर्मीसँगको दुरी फेरि ५ अंक मै लम्ब्याएको छ । त्यस्तै ६ अंक जोडेको चन्द्रपुर भने छैटौं स्थानमा छ ।
बिहीबार दुई खेलहरु हुँदै
लिग अन्तरगत माघ २९ गते बिहीबारका दिन दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा वालिङ नगरपालिका, स्याङ्जा र चौदण्डीगढी नगरपालिका, उदयपुर भिड्ने छन् भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका, मोरङ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुनेछन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै