News धरान स्र्पोटिङ सेमिफाइनलमा प्रवेश
गोलनेपाल

रामधुनी । धरान स्र्पोटिङ क्लब यहाँ जारी दोस्रो कुमरखत च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पवेश गरेको छ ।

प्रतियोगिताको दोस्रो क्वाटरफाइनलतर्फ धरान स्र्पोटिङले डाँगीहाट फुटबल क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । धरान स्र्पोटिङका लागि राज लिम्बुले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच  धरानका मिजास लिम्बु चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ ४ गते आइतबारको खेल पैठान युवा क्लब र सिमरबन क्लबबीच हुने आयोजकले जानकारी दियो ।

जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।

Post Comments