खाँदबारी । यहाँ सम्पन्न तेस्रो तीनपोखरी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी सेकाहा सामुदायिक विकास क्लबले जितेको छ ।
बिहीबार सम्पन्न फाइनलमा सेकाहाले मकालु फ्रेन्ड्स क्लबलाई २-१ ले हराउँदै उपाधी उचाल्न सफल भएको हो । सेकाहाको जितमा अनिष राजधामीले एक गोल गर्दा अर्को एक गोल विपक्षी टोलीका रोशन आचार्यले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता मकालु फ्रेन्ड्सका लागि भने जीवन मगरले एक मात्र गोल फर्काएका थिए ।
विजेता बनेको सेकाहाले उपाधी सहित नगद २ लाख ५१ हजार हात पार्दा उपविजेता मकालु फ्रेन्ड्सले १ लाख २१ हजार सहित ट्रफी, मेडलमा चित्त बुझायो ।
सेकाहाका अनिष राजधामी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । त्यस्तै उत्कृष्ट गोलरक्षक सेकाहा कै प्रविन लिम्बू बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार मकालु फ्रेन्ड्सका जीवन मगरले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने सेकाहाका कृष्ण राई घोषित भए ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- संखुवासभाको मादीमा प्रथम मझिया स्मृति महिला कप सुरु, धरानको विजयी सुरुवात
- सेकाहा तेस्रो तीनपोखरी कपको फाइनलमा, उपाधिका लागि मकालु फ्रेन्डससँग भिड्ने
- मकालु फ्रेन्डस तेस्रो तीनपोखरी कपको फाइनलमा
- चुलाचुली र सेकाहा तेस्रो तीनपोखरी कपको सेमिफाइनलमा