ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका २ खेजेनिमस्थित आहाले खेलमैदानमा आयोजित प्रथम मानाभारा गोल्डकपबाट ५ लाख ३७ हजारभन्दा बढी बचत भएको आयोजकले जनाएको छ ।
मानाभारा युथ स्पोर्टिङ क्लबले गत पुस १५ गतेदेखि १९ गतेसम्म गोल्डकपको आयोजना गरेको थियो । रामेछापको एक टिमसहित जिल्लाका ८ वटा टोली गोल्डकपमा सहभागी थिए ।
आयोजक क्लबका अध्यक्ष तुलसी दाहालका अनुसार आज वडा कार्यालयमा सार्वजनिक गरिएको आयव्ययमा गोल्डकपबाट ५ लाख ३७ हजार ९२५ रुपैयाँ बचत भएको हो । सार्वजनिक कार्यक्रम पालिकाका उपाध्यक्ष रविन साम्रा (विकास)लगायत जनप्रतिनिधिको उपस्थितिमा गरिएको हो ।
उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न सहयोगी दाताको तर्फबाट १५ लाख ६९ हजार ८४३ रुपैयाँ, गाउँपालिका, वडा कार्यालयबाट ३ लाख ५० हजार र अन्य संघसंस्थाबाट ३ लाख २ हजार ८२ रुपैयाँ गरी २२ लाख २१ हजार ९२५ रुपैयाँ संकलन भएको थियो ।
यसैगरी, प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८४ हजार खर्च भएको क्लबका सचिव मौसम अन्छङ्बोले जानकारी दिए । सहयोगी दातालाई आयोजक क्लबले धन्यवाद ज्ञापन गरेको छ ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि