News
युएईः फूलबारीलाई तेस्रो लालीगुराँस नयाँ वर्ष कपको उपाधि
काठमाडौं । युएईको दुबई सहरमा सम्पन्न तेस्रो लालीगुराँस नयाँ वर्ष कप फुटबल प्रतियोगिताको उपाधि फूलबारी फुटबल क्लब, अबुधाबीले जितेको छ ।
फाइनलमा अबुधाबी फूलबारीले रोयल आईक्याड क्लबलाई टाईब्रेकरमा ४–१ ले हराउँदै उपाधि चुम्न सफल भएको हो । त्यस्तै प्रतियोगिताको तेस्रो स्थान आयोजक लालीगुराँस एफसीले हात पार्यो ।
विजेता बनेको अबुधाबी अबुधाबी फूलबारी क्लबले उपाधिसहित नगद ५१११ धिराम (नेपाली रकम १९९५०० रुपैयाँ) जित्न सफल भयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी फूलबारी एफसीका अभिषेक चम्लागांई, उत्कृष्ट डिफेन्स आइक्याडका टीकाराम किंग्रिङ, उत्कृष्ट गोलरक्षक फूलबारी एफसी का अभिषेक चौधरी साथै सर्वाधिक गोलकर्ता रोयल गुर्खाका कपिल चुनिएका छन् ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने