काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ आइतबार भएका अन्य दुई खेलहरुमा एनआरटी र चर्च ब्वाईजले बराबरी खेल्दा सातदोबाटो युथ क्लबले महत्वपूर्ण जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी र चर्च ब्वाईजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा एनआरटीका अस्विन राई प्लेयर अफ दि म्याच घोषित भए ।
यो नतिजापछि एनआरटीको खातामा २६ खेलबाट २८ अंक छ र लिगतालिकाको दशौं स्थानमा छ । उता ४९ अंक जोडेको चर्च ब्वाईज पाँचौं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा सातदोबाटोले एपिएफ फुटबल क्लबलाई २–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । सातदोबाटोको जितमा डेविट शिवाकोटी र एरिस खत्रीले गोल गरे । उता पराजित एपिएफका लागि भने सुशान्त ढकालले गोल गरेका थिए ।
खेलमा सातदोबाटोका डेविट शिवाकोटी प्लेयर अफ दि म्याच चुनिए । यो नतिजापछि २६ खेलमा पहिलो जित हात पारेको सातदोबाटो ३ अंकका साथ पुछार मै छ । उता पराजित एपिएफको खातामा भने ३८ अंक छ र लिगतालिकाको सातौं स्थानमा छ ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि