हेटौडा । यहाँ जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत शुक्रबार भएको खेलमा नव जनजागृति युवा क्लब बाराले हैरान्स क्लब तनहुलाई ७–२ ले हरायो । सो जितसँगै नव जनजागृति समूह एमा पहिलो स्थान पाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सो समूहमा काँक्रेविहार १० अङ्क सहित दोस्रो भयो । काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो । अब कार्तिक ३० गते हुने दुई सेमिफाइनलमा नव जनजागृतिले चित्लाङ एफसी तथा काक्रेबिहारले लालीगुराँस एसोसिएसन क्लबसँग खेल्ने छन् ।
शुक्रवार भएको खेलमा नव जनजागृतिलाई फराकिलो जित दिलाउने क्रममा सुजन डङ्गोलले ३ गोल गरे । प्रताप सिंह राई,अविनाश स्याङतान र कृपाकान्त महतो थारुले थप गोल गरे । सुजन सो खेलको प्लेयर अफ द म्याच घोषित भए । हैरान्सका विजय दोङ र सामुयल सुनारले गोल गरे ।
अर्को खेलमा काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो । काँक्रेविहारका लागि अनीश घर्ती क्षेत्रीले ३ गोल गरे । आशिष चापागाईँ र गणेश पुलामी मगरले थप गोल गरे । गाईघाटका पविन राईले दुई गोल गरे भने विवश श्रेष्ठले एक गोल गरे ।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा शीर्ष ४ स्थान पाउने टोली राष्ट्रिय लिगमा प्रवेश पाएका छन् । प्रेसिडेन्ट लिगको विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)