लक्ष्मीमार्ग । सलहेश युवा क्लब, सिरहा यहाँ जारी स्व. मेजर एन.बी. रुङमाङ स्मृति आरजु राईस आठौं बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा सलहेशले भोजपुर जिल्ला फुटबल संघ, भोजपुरलाई १–० को अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गर्न सफल भएको हो ।
सलहेशका लागि सुजन डंगोलले इन्जुरी समयमा गरेको एक मात्र गोल खेलको निर्णयक गोल बन्यो । खेलको म्यान अफ दि म्याच भने भोजपुरका बिबेक राई घोषित भए । उनले पुरस्कार त्यसवापत नगद ७ हजार र ट्रफी हात पारे ।
सलहेशले अब कार्तिक १ गते शनिबार हुने फाइनलमा प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौंसँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
एल।एक्स। सिटी फुटबल क्लब, बेलबारी, भोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय