
काठमाडौं (एजेन्सी) । राउण्डग्लास पञ्जाब एफसीका लागि चर्चित हिरो आइ लिग खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङले आफ्नो उत्कृष्ट लयलाई जारी राखेका छन् ।
लगातार क्लिन सिट हात पारेका किरनले आइ लिगतर्फ शुक्रबार कोलकाता स्थित साल्ट लेक स्टेडियममा भएको खेलमा पञ्जाबले सुदेवा दिल्लीसँग गोलरहित बराबरी खेल्दा पनि उत्कृष्ट प्रदर्शन गरे । साथै किरनले खेलको हिरो अफ द म्याच पुरस्कार समेत हात पार्न सफल भए ।
जारी लिगमा पञ्जाबको यो लगातार दोस्रो बराबरी समेत हो । यसअघि आइतबार मात्र पञ्जाबले कल्याणी स्टेडियममा मोहम्मदन स्र्पोटिङ क्लबसँग पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।
यो नतिजासँगै पाँच खेलबाट ५ अंक जोडेको पञ्जाब लिगतालिकाको आठौं स्थानमा छ । र लिगलिडर चर्चिल ब्रदर्श भन्दा ६ अंकले पछाडी छ । उता सुदेवा दिल्लीको पनि ५ अंक छ । यद्यपि राम्रो गोलभिन्नताका आधारमा दिल्ली छैटौं स्थानमा छ ।
पञ्जाबले आफ्नो आगामी खेल आउँदो बिहीबार (फेब्रुअरी ४ तारीख) का दिन इम्फालमा टिडीम रोड एथलेटिक युनियन एफसी (ट्राउ) सँग खेल्नेछ ।
.@ChennaiCityFC are the biggest movers of the day, as they leapfrog to the 3️⃣rd spot on the #HeroILeague 🏆 table 🤯#LeagueForAll 🤝 #IndianFootball ⚽ pic.twitter.com/yUjILbUpXs
— Hero I-League (@ILeagueOfficial) January 29, 2021
Another clean-sheet, another rock solid performance 💪 from our Nepalese #Spiderman Kiran Chemjong earns him a #HeroOfTheMatch award today. Congratulations keeper! ⚽❤️#PunjabInSpirit ✊💪#RGPSDFC ⚔️ #HeroILeague 🏆 #LeagueForAll 🤝 #IndianFootball ⚽ #RGPFC 💪 #MatchDay 🤘 pic.twitter.com/IBgvcqoxd2
— RoundGlass Punjab FC (@RGPunjabFC) January 29, 2021