News
सी डिभिजन लिग छनौटको मिति तय, क्लबहरुलाई सम्पर्कमा आउन एन्फाको पत्र
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो वार्षिक कार्यक्रमको क्यालेन्डर सार्वजनिक गरेसँगै अनिश्चित बनेको शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिताको मिति पनि तय गरेको छ ।
एन्फाले आउँदो मंसिर ४ गतेदेखि सी डिभिजन लिग छनौट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । साथै प्रतियोगितामा सहभागिता जनाउने सम्बन्धित क्लबहरुलाई यही असोज मसान्तसम्म सम्पर्क गर्न पत्राचार समेत गरेको छ ।
हेर्नुहोस एन्फाको पत्रः

Post Comments
Related News