फिदिम । पाँचथरको फिदिममा पान्थर फुटसलको उद्घाटनसँगै सुरु भएको फुटसल प्रतियोगिताको खुला पुरुषतर्फको उपाधि भिडन्त लालीखर्क एफसी र गुनु फेन्सी स्टोर फिदिमबीच हुने भएको छ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा बाबुङगा एफसीलाई हराउँदै लालीखर्क फाइनलमा पुगेको हो भने, दोस्रो सेमिफाइनलमा युनाइटेड युथ क्लब झापालाई पराजित गर्दै गुनु फेन्सी स्टोरले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो।
त्यस्तै, पुरुष भेट्रान्सतर्फको फाइनलमा फिदिम भेट्रान्स ‘ए’ र आयोजक पान्थर फुटसलबीच प्रतिस्पर्धा हुनेछ। फिदिम ‘ए’ ले हिलिहाङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने आयोजक टोलीले फिदिम ‘बी’ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
महिला मैत्रीपूर्णतर्फको फाइनल खेल फिदिम भेट्रान्स क्लब र याङनामबीच हुनेछ। फाइनल खेलहरू बुधबार बिहान ७ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ।
खुला पुरुषतर्फ प्रथम हुने टोलीलाई ४० हजार रुपैयाँसहित ट्रफी र मेडल तथा द्वितीय हुने टोलीलाई २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ। भेट्रान्सतर्फ प्रथम हुने टोलीले २० हजार र द्वितीय हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन्। महिला मैत्रीपूर्णतर्फ पनि प्रथम र द्वितीय हुने टोलीलाई आकर्षक पुरस्कार वितरण गरिनेछ।
असोज ६ गते देखि सुरू प्रतियोगिता ८ गते बुधबार सम्पन्न हुनेछ । फिदिममा तीन जना युवा—सागर जबेगु, रोधन केरूङ र मनोज केरूङ—ले मिलेर पान्थर फुटसल निर्माण गरी सञ्चालनमा ल्याएका हुन्।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि