News
फिदिममा पान्थर फुटसल उद्घाटनको अवसरमा भव्य प्रतियोगिता हुँदै
फिदिम । 'स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद' भन्ने मूल नारासहित पान्थर फुटसल, फिदिम–२ पल्लोटारको उद्घाटनको अवसरमा भव्य फुटसल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। असोज ६ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष, महिला र भेट्रान्स तर्फ प्रतियोगिता हुनेछ।
खुला पुरुष तर्फ प्रथम हुने टोलीलाई रु. ४०,००० (ट्रफी र मेडल सहित) र द्वितीय हुने टोलीलाई रु. २०,००० (ट्रफी र मेडल सहित) प्रदान गरिनेछ। भेट्रान्स तर्फ प्रथम हुने टोलीले रु. २०,००० र द्वितीय हुने टोलीले रु. १०,००० पाउने छन्।
मैत्रीपूर्ण महिला तर्फ प्रथम र द्वितीय हुने टोलीलाई आकर्षक पुरस्कार वितरण गरिने आयोजक पान्थर फुटसलले जानकारी दिएको छ।
फिदिममा तीन जना युवाहरू (सागर जबेगु,रोधन केरूङ र मनोज केरूङ) मिलेर फुटसल तयार गरी सन्चालनमा ल्याएका हुन ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण ‘गोल नेपाल डटकम’ बाट हुनेछ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि