News
ए डिभिजन लिग होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने एन्फाको योजना
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ए डिभिजन लिग २०८२ सञ्चालनबारे छलफल सम्पन्न भएको छ।
बैठकमा एन्फा महासचिव किरण राईले लिग २०८२ पुस ९ गतेदेखि सुरु गर्ने प्रस्ताव राख्दै यसलाई होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना प्रस्तुत गरे । साथै, उनले लिगको मोडालिटी, मार्केटिङ र अन्य व्यवस्थापकीय पक्षबारे पनि विस्तृत प्रस्ताव अघि सारेका थिए।
एन्फाको प्रस्तावलाई सहभागी क्लबहरूले सकारात्मक रूपमा लिएका छन् । यस विषयमा अझ प्राविधिक र व्यवस्थापकीय छलफल गर्न एन्फाले आगामी २०८२ भदौ ३१ गते आयोजना गर्ने कार्यशालामा एन्फा र क्लबहरूले संयुक्त रुपमा थप विमर्श गर्ने सहमति समेत भएको छ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)