News
जोर्डनी क्लबमा सुखद बनेन प्रितीको डेब्यु
काठमाडौं । यसै सिजन जोर्डनी कलब इतिहाद एफसीमा आवद्ध भएकी चर्चित मिडफिल्डर प्रिती राईले आफ्नो नयाँ क्लबका लागि सोमबार डेब्यु समेत गरेकी छिन् ।
एएफसी महिला च्याम्पियन्स लिगको प्राररम्भिक चरणको छनौट प्रतियोगिता अन्तर्गत समूह सी मा रहेको प्रितीको टोली इतिहादले हार बेहोर्न पुग्दा प्रितीको डेब्यु खेल भने सुखद बन्न सकेन ।
पहिलो रोजाई मै रहेर खेलेकी प्रितीको टोली इतिहादले सिंगापुरको लायन सिटी सेलर्स एफसीसँग २–० को हार बेहोर्न पुगेको हो । खेलमा प्रिति भने अन्तिमतिर मैदान बाहिरिएकी थिईन् ।
लायन सिटीका लागि दुवै गोल एमि टाकुचीले गरीन् । समूह चरणको आफ्नो दोस्रो खेलमा प्रितीको टोली इतिहादले किर्गिस्तानको एसियागोल बिश्केक एफसी खेल्नेछ । सोही दिन लायन सिटीले भने मलेसियाको केलना युनाइटेडसँग खेल्नेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट