काठमाडौं । एन्फा महिला लिग छनौट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार बुटवल लुम्बिनी फुटबल क्लबले लगातार दोस्रो जित हात पार्दा राप्ती फुटबल क्लबले पनि महत्वपूर्ण जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको समूह बी तर्फको खेलमा बुटवल लुम्बिनीले पोखरा गल्र्स फुटबल क्लबलाई २–० को अन्तरले पराजित गर्यो । बुटवल लुम्बिनीको जितमा करुणा परियार र सुष्मा लिम्बुले गोल गरिन् ।
यो जितपछि दुई गोलबाट ६ अंक जोडेको बुटवल लुम्बिनीको महिला लिगमा छनौट हुने सम्भावना कायम छ । उता पराजित पोखरा गल्र्स भने अझै अंकविहीन छ ।
त्यस्तै बुधबार नै भएको अर्को खेलमा समूह ए तर्फ राप्तीले सिन्धुपाल्चोक फुटबल क्लबलाई १–० ले हरायो । राप्तीको जितमा मेनुका आले मगरले एक मात्र निर्णायक गोल गरिन ।
पहिलो जित हात पारेको राप्तीले आफ्नो खातामा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । उता लगातार दुई खेलमा पराजित सिन्धुपाल्चोक भने अझै अंकविहीन छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शुरु छनौट प्रतियोगितामा कुल १४ टोलीहरु सहभागि छन् । छनौट प्रतियोगिताबाट कुल पाँच टोलीहरु एन्फा महिला लिगका लागि छनौट हुनेछन् ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित