News
अन्जन, एरिक, योगेश र सनिषले बंगलादेशमा एकै क्लबबाट खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्यहरु अन्जन बिष्ट, एरिक बिष्ट, योगेश गुरुङ र सनिष श्रेष्ठले एकै क्लबबाट बंगलादेशको शिर्ष लिग खेल्ने भएका छन ।
यी चारै खेलाडीहरुलाई बंगलादेशको सफलतम क्लब मध्ये एक ब्रदर्श युनियनले अनुबन्ध गरेको हो । योसँगै बंगलादेशको शिर्ष फुटबल लिग खेल्ने नेपाली खेलाडीहरुको संख्या आठ पुगेको छ ।
स्मरण रहोस, बंगलादेश पुलिस एफसीले किरन चेम्जोङ र आयुश घलानलाई अनुबन्ध गरिसकेको छ भने अभिषेक लिम्बू रहमतगंज र अनन्त तामाङ फोर्टिसमा आवद्ध भएका छन ।
Post Comments