सुन्दरनगर । चाँदनी युवा क्लब, विश्व शान्ति युवा क्लब (ए) र र फार्म बिजी रुपन्देहीमा जारी प्रथम सुर्यमुखी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कञ्चन गाउँपालिका–१ स्थित सुन्दरनगर खेलमैदानमा बुधबार भएको पहिलो खेलमा चाँदनीले विश्व शान्ति युवा क्लब (बी) लाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा चाँदनीका गोलरक्षक सुमन मगर म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दोस्रखे खेलमा विश्व शान्ति (ए) ले सगरमाथा युवा क्लबलाई टाईब्रेकर मै ४–३ ले हरायो । यी दुई टोलीले पनि निर्धारित समयको खेल गोलरहित बराबरी खेलेका थिए । खेलमा विश्व शान्तिका गोलरक्षक प्रेम बुढा म्यान अफ िद म्याच घोषित भए ।
त्यसैगरी दिनको अन्तिम खेलमा र फार्म बिजीले आयोजक सुर्यमुखी युवा क्लबलाई ३–२ को रोमाञ्चक अन्तरले हराउँदै प्रिक्वाटरफाइनल यात्रा तय गर्न सफल भयो । खेलमा र फार्म बिजीका सुन्दर बगाले म्यान अफ दि म्याच चुनिए ।
सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।