काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भारतमा हुने एसिया कै पुरानो र प्रतिष्ठित डुरान्ड कपको १३४औं संस्करण खेल्न शनिबार भारततर्फ प्रस्थान गरेको छ ।
यही जुलाई २३ तारीखदेखि २३ अगस्तसम्म हुने प्रतियोगितातर्फ त्रिभुवन आर्मी समूह सी मा परेको छ । जहाँ आर्मीले इण्डियन सुपर लिग क्लब जमशेदपुर एफसी, इण्डियन आर्मी र लदाख फुटबल क्लबसँग खेल्नेछ ।
प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो सहभागिता समेत हो । आर्मीले यसअघिका दुई संस्करणहरुमा पनि सहभागिता जनाएको थियो । यसपटक त्रिभुवन आर्मी बाहेक मलेसियाको विभागीय टोलीले पनि पाहुना टोलीका रुपमा सहभागिता जनाउँदैछ ।
प्रतियोगिताको गत संस्करणको उपाधि अर्को इण्डियन सुपर लिग क्लब नर्थ इष्ट युनाइटेडले जितेको छ । फाइनलमा नर्थ इष्टले मोहन बगान सुपर जायन्टसलाई हराउँदै पहिलोपटक डुरान्ड कपको उपाधि उचाल्न सफल भएको थियो ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”