कञ्चनपुर । महेन्द्रनगर युनाइटेड, कञ्चनपुरको आयोजनामा प्रथम युनाइटेड कप खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
महेन्द्रनगरको खुलामञ्चमा यहि माघ १२ गतेदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको खेल संयोजक महेन्द्र चन्दले जानकारी दिए । कञ्चनपुुर जिल्ला फुटबल संघ र सुदुरपश्चिम प्रदेश फुटबल संघको प्राविधिक र विशेष सहयोग रहने प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाउने संयोजक चन्दले बताए ।
जिल्लामा फुटबल गतिविधीलाई सक्रिय बनाउन तथा स्थानीय क्लब र खेलाडीहरुलाई फुटबलमा अवसर प्रदान गर्नका लागि नै प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष राजेश चन्दले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने समेत अध्यक्ष राजेश चन्दले बताए । साथै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष चन्दले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल माघ २० गतेका दिन हुनेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न