काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ विभागीय टोली एपिएफ फुटबल क्लब, संकटा फुटबल क्लब र श्री भगवती क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै महत्वपूर्ण ३–३ अंक बटुलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले पराजित गर्यो । यो जितपछि ५ खेलबाट ६ अंक जोडेको एपिएफ नवौं स्थानमा उक्लेको छ । पराजित आर्मी भने ३ अंकका साथ १२औं स्थानमा संघर्षरत छ ।
दोस्रो खेलमा संकटाले प्लानिङ ब्वाईज युनाइटेडलाई ४–१ ले पराजित गर्यो । यो जितपछि पाँच खेलबाट १२ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लेको छ । पराजित प्लानिङ ब्वाईज भने ३ अंकका साथ पुछारतिर १३औं स्थानमा छ ।
त्यस्तै तेस्रो खेलमा श्री भगवतीले एनआरटीमाथि शून्यका विरुद्ध १ गोलको महत्वपूर्ण जित हात पार्यो । यो जितपछि ६ अंक जोडेको भगवती शिर्ष दशभित्र उक्लिएको छ । पराजित एनआरटी भने ५ अंकका साथ ११औं स्थानमा झरेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा