काठमाडौं । जारी साफ यु–२० महिला च्याम्पियनसिपतर्फ नेपालले लगातार दोस्रो जित हात पार्दा आयोजक बंगलादेशले शतप्रतिशत नतिजालाई कायम राख्ने क्रममा लगातार चौथो जित दर्ता गरेको छ ।
ढाका स्थित बसुन्धरा स्पोर्टस ग्राउण्डमा भएको आफ्नो चौथो खेलमा नेपालले श्रीलंकामाथि ७–० को एकतर्फी जित निकाल्यो । नेपालले मंगलबार मात्रै पहिलो लेगको खेलमा श्रीलंकालाई समान ७–० को अन्तरले हराएको थियो ।
नेपालको जितमा कुसुम खतिवडा र समिक्षा मगरले समान दुई–दुई गोल गरे । त्यस्तै पुर्णिमा राई, सरिता कुमारी नाथ र बिर्सना चौधरीको नाममा एक–एक गोल रह्यो । बिर्सनाले भने पेनाल्टीमार्फत गोल गरेकी थिईन् ।
यो जितपछि ४ खेलबाट ९ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । त्यस्तै बिहीबार नै भुटानमाथि ३–० को जित निकालेको आयोजक बंगलादेश ४ खेलबाट शतप्रतिशत जितसहित १२ अंकका साथ शिर्ष स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत आफ्नो पाँचौं खेलमा १९ जुलाई शनिबारका दिन नेपालले भुटानको सामना गर्नेछ भने सोही दिन बंगलादेशले श्रीलंकासँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शिर्ष टोली च्याम्पियन बन्नेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल