News आर्मीमाथी जावलाखेलको रोमाञ्चक जित
गोलनेपाल

काठमाडौं । एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले रोमाञ्चक जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथी ३-२ को जित निकाल्दै महत्वपूर्ण तीन अंक जोडेको हो ।

जावलाखेलको जितमा विशाल शाहीले दुई गोल गर्दा प्रीन्स भुजेलले थप एक गोल गरे । उता आर्मीका लागि भने निरज अधिकारी र सोहित वाईबाले गोल फर्काएका थिए ।

युथ लिगमा जावलाखेलको यो पहिलो जित हो भने आर्मीको पहिलो हार । आफ्नो पहिलो खेलमा आर्मी हिमालयन शेर्पा क्लबलाई हराएको थियो भने जावलाखेलले संकटास्ँग हार बेहोरेको थियो ।

Post Comments