News
एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित

काठमाडौं । एएफसी महिला एसियन कप छनौट प्रतियोगितातर्फ नेपाल कै समूह एफमा रहेको आयोजक उज्वेकिस्तानले पनि एकतर्फी जितका साथ प्रतियोगितामा शानदार शुरुवात गरेको छ ।
आइतबार अबेर राती सम्पन्न समूह एफतर्फको दोस्रो खेलमा उज्वेकिस्तानले श्रीलंकामाथि १०–० को एकतर्फी जित निकाल्यो । स्मरण रहोस, यसअघि सोही समूहको पहिलो खेलमा नेपालले लाओसलाई ९–० को अन्तरले हराएको थियो ।
समूह चरणको अब दोस्रो खेलमा २ जुलाईका दिन नेपालले श्रीलंकासँग खेल्दा सोही दिन उज्वेकिस्तानले लाओसको सामना गर्नेछ । समूहको शिर्ष स्थान हासिल गर्ने टोली एएफसी महिला एसियन कपका लागि छनौट हुनेछ ।
Post Comments