News
सोनापुरमा हुने प्रथम वडा अध्यक्ष कपको तयारी पूरा (खेलतालिकासहित)

सोनापुर । यही असार १४ गते शनिबारदेखि सुनसरीको दुहबी नगरपालिकास्थित सोनापुरमा शुरु हुन गईरहेको प्रथम वडा अध्यक्ष कपको सम्पूर्ण तयारी पूरा भएको छ ।
सोनापुर हटिया लाईनको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा असार १४ गतेका दिन योङ ब्वाईज एफसी, धरान र तालतलैया फुटबल क्लब भिड्ने छन् ।
कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असार २१ गतेका दिन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
Post Comments