News डि युनिटी कपः उपाधिका लागि रामपुर र जेसी ब्रदर्श भिड्ने
सुरज राना मगर

खैरेनी । यहाँ जारी प्रथम डि युनिटी कप यु–२० नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रामपुर फुटबल क्लब र जेसी ब्रदर्श उपाधिका लागि भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार दुवै सेमिफाइनल खेलहरु सम्पन्न भए । देवदह–५, खैरेनी स्थित पानबारी खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा रामपुरले तिलोत्तमा–११ लाई २–१ ले हराउँदै फाइनल स्थान पक्का गर्यो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा जेसी ब्रदर्शले झिमझिमे एफसीलाई टाईब्रेकरमा हराउँदै फाइनल यात्रा तय गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा जेसी ब्रदर्शले ३–२ को जित निकाल्न सफल भयो ।

डि युनिटी क्लब, खैरेनी, देवदह, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल यही असार १० गतेका दिन हुनेछ ।

 

Post Comments