News एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत आफ्नो समूहको दोस्रो खेलमा नेपालले आज लाओसको सामना गर्दैछ ।

लाओस कै घरेलु मैदान न्यु लाओस नेशनल स्टेडियममा नेपाली समयअनुसार साँझ ५ः४५ बजेदेखि शुरु हुने आजको खेलमा नेपाल आत्मविश्वासी पनि छ ।

तर, लाओसलाई पहिलोपटक उसकै घरमा हराउने चुनौति पनि नेपालसँग छ । जुन नेपालका लागि त्यति सहज नहुन पनि सक्छ । अर्को अर्थमा, लाओसलाई कमजोर आँक्नु नेपाली टोलीको गल्ती पनि हुन सक्छ ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र लाओस कुल ६ पटक आमने सामने भएका छन् । जसमा नेपालले चार खेलमा जित हात पारेको छ भने दूई खेलमा बराबरी खेलेको छ । यो तथ्यांक अनुसार नेपालको सम्भावना बलियो देखिए तापनि विपक्षीलाई कमजोर आँक्न नहुने मुख्य प्रशिक्षक म्याट रसको बुझाई छ ।

लाओसलाई कम आक्न चाहदैनौं : प्रशिक्षक रस

एसियन कप छनौटतर्फ घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्यि फुटबल टोलीका प्रशिक्षक म्याट रसले बताएका छन् । मंगलबार बेलुका प्रि कन्फ्रेसका क्रममा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताएकाछन् ।

लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रुपमा रहन सक्ने बताउँदै उनले भने, “मलाई लाग्छ । लाओस पूर्णरुपमा संगठित टोली हो । अत्यन्त आक्रमक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ । त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्त गंभीरतापूर्वक लिएकाछौ । त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेका छन् ।”

सोही क्रममा प्रशिक्षक रसले टोलीमा केही परिवर्तन हुने संकेत गरेकाछन् । हङ्गकङ्गविरुद्ध खेलेको टोली नै मैदानमा उत्रनेमा केही संशय रहेको बताउँदै उनले भने, हंगकंगविरुद्ध मैदानमा उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ । संभवतः हामी बलियो टोली मैदानमा उतार्नेछौ ।

हङ्गकङ्गविरुद्धको खेलमा डिफेन्स सनिश श्रेष्ठ चोटिल अवस्थामा रहेकाछन् । प्रेस कन्फ्रेन्सका क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोंगले लाओसविरुद्ध खेल्न सधै सकारात्मक रुपमा तयार रहेको बताए । उनले भने, “लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधै उत्सुक र तयार रहेकाछौ । पछिल्लो चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु । त्यसैले पनि भोलीको खेलका लागि हामी शारिरीक र मानसिक रुपमा तयार रहेकाछौ ।”

 

 

 

 

Post Comments