काठमाडौं । मनास्लु वल्र्ड स्कुलले तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
चावहिलमा भएको फाइनलमा मनास्लुले डिफेन्डिङ च्याम्पियन एनआईसी एकेडेमीलाई पराजित गर्याे । विजेता मनास्लुले ३० हजार र उपविजेता एनआईसीले १५ हजार नगद पुरस्कार हात पारे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजना तथा चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एनआईसीका सुनिश्चित सुवेदी सर्वोत्कृष्ट खेलाडी घोषित भए भने एनआईसीका आर्यब श्रेष्ठ उदीयमान खेलाडी चुनिए ।
एनआईसीका यसोन थापा मगर उत्कृष्ट गोलरक्षक तथा मनास्लुका देविन कार्की उत्कृष्ट खेलाडी बने । चारैले जनही २ हजार ५ सय नगद पुरस्कार हात पारे ।
विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा २० छात्र टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै