News
भुटानसँग रोकियो हङ्गकङ्ग
काठमाडौं । एएफसी महिला एसियन कप छनौट कै तयारीमा रहेको छिमेकी राष्ट्र भुटानले आफू भन्दा बलियो टोली हङ्गकङ्गलाई बराबरीमा रोकेको छ ।
भुटानमा बुधबारदेखि शुरु भएको तीन देशीय सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा फिफा वरियताको १७२औं स्थानमा रहेको भुटानले ८०औं स्थानमा रहेको हङ्गकङ्गलाई गोलरहित बराबरीमा रोकेको हो ।
सिरिज अन्तर्गत भुटानले आफ्नो दोस्रो खेल ३१ मईका दिन अर्को बलियो टोली मलेसियासँग खेल्नेछ । फिफा वरियतामा मलेसिया हाल १०२औं स्थानमा छ ।
स्मरण रहोस, एएफसी महिला एसियन कप छनौटतर्फ समूह ए मा रहेको भुटानले आयोजक जोर्डनसहित इरान, लेबनान र सिंगापुरसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल