News
बी डिभिजन लिगः मध्यपुर र च्यासलको सुखद समापन
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएशन र च्यासल युथ क्लबले सिजनको अन्तिम खेलमा जित हात पार्दै सिजनको सुखद समापन गरेका छन् ।
बुधबार दिनको पहिलो खेलमा मध्यपुरले नयाँवस्ती युवा क्लबमाथि ४–० को सहज जित निकाल्यो । मध्यपुरका लागि विज्ञान खड्काले दुई गोल गर्दा राहुल खड्का र साहिल केसीले एक–गोल गरे ।
यो जितपछि १३ खेलबाट १८ अंक जोडेको मध्यपुर शिर्ष पाँचमा रहेर लिगको समापन गरेको छ । पराजित नयाँवस्ती भने ५ अंकका साथ पुछारमा रहेर सिजनको अन्त्य गर्न बाध्य बन्यो ।
त्यस्तै अर्को खेलमा च्यासलले झापा एफसीमाथि २–० को जित निकाल्दा च्यासलका लागि दुवै गोल आशिष थारुले गरे । यो जितपछि १३ खेलबाट १८ अंक जोड्दै च्यासलले लिगमा सुखद समापन गर्न सफल भयो भने झापा पनि समान १८ अंक मै सिमित बन्यो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)