News तेस्रो न्यु युथ युनियन कपः युनाइटेड युथ क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । पाल्पाली नगर तानसेनमा शुरु तेस्रो न्यु युथ युनियन कपमा युनाइटेड युथ क्लबले झिनो अन्तरको जित निकाल्दै विजयी शुरुवात गरेको छ ।

तानसेन स्थित टुँडिखेल मैदानमा भएको खेलमा युनाइटेड युथले सराई फुटबल क्लबलाई १–० ले हरायो । युनाइटेड युथको जितमा सुजन जिसीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता युनाइटेड युथ कै सुजन जिसी म्यान अफ दि म्याच समेत चुनिए ।

यो जितसँगै युनाइटेड युथ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत जेठ ७ गते बुधबारको प्रिक्वाटरफाइनल खेल पाल्पा फुटबल एकेडेमी र दमकडा ब्रदर्शबीच हुने प्रचार प्रसार संयोजक अमृत केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १७ गतेका दिन हुनेछ ।

 

Post Comments