News मिलन राई गृहजिल्लामा सम्मानित
गोलनेपाल

धरान । नेपाली फुटबलको उर्बर भूमिका रुपमा परिचित पूर्वेली रमणीय नगर धरान, सुनसरीका उदाउँदा खेलाडी मिलन चाम्लिङ राई गृहजिल्लामा सम्मानित भएका छन् ।

नेपालको शिर्ष डिभिजन लिग समेत खेलिसकेका मिलनलाई गृहनगर कै पानबारी फुटबल क्लब, धरानले पानबारी गोल्डकपको अवसर पारी एक कार्यक्रमका बीच सम्मान गरेको हो । फुटबलको माध्यमबाट घरेलु जिल्लालाई राष्ट्रियस्तरमा चिनाउन र फुटबलमा उनले पुर्याएको योगदानको कदर गर्दै क्लबले सम्मानित गरेको हो ।

मिलनलाई कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मानपत्रसहित सम्मानित गरे । सम्मानित भएपछि मिलनले खुशी व्यक्त गरे । गृहजिल्ला मै सम्मानित हुन पाउनुले आफ्नो फुटबल करियरमा यसले ठूलो अर्थ राख्ने र हौसला मिल्ने बताए । साथै उनले नेपाली फुटबलका लागि अझै केही गर्न प्रोत्साहन मिलेको समेत प्रतिक्रिया दिए ।

स्मरण रहोस, मिलनले हिमालयन शेर्पा र चर्च ब्वाईजका लागि ए डिभिजन लिग समेत खेलेका छन् । त्यस्तै चितवन र धनगढीमा उनले चर्चित नेपाल सुपर लिग (एनएसएल) समेत खेलिसकेका छन् ।

Post Comments