International स्वीजरल्याण्ड र क्यानडाको उत्कृष्ट जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ को समूह बी तर्फ आफ्नो दोस्रो खेलमा स्वीजरल्याण्ड र आयोजक क्यानडाले पहिलो जित हात पारेका छन् ।

आफ्नो पहिलो खेलमा कतारसँग १–१ को बराबरी खेलेको स्वीजरल्याण्डले दोस्रो खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई ४–१ को अन्तरले हराउँदै महत्वपूर्ण तीन अंक जोडयो ।

त्यस्तै समूह बी कै अर्को खेलमा आयोजक क्यानडाले कतारमाथि ६–० को फराकिलो जित हात पार्यो । यसअघि क्यानडाले आफ्नो पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको थियो ।

यो नतिजापछि दुई खेलबाट समान ४–४ अंक जोडेका क्यानडा र स्वीजरल्याण्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै समान १–१ अंक जोडेका बोस्निया र कतार भने क्रमशः तेस्रो र चौथो स्थानमा छन ।

समूह चरणको अन्तिम खेलमा अब जुन २४ तारीखका दिन स्वीजरल्याण्डले क्यानडाको सामना गर्नेछ भने सोही दिन बोस्नियाले कतारसँग खेल्नेछ । साथै यी दुई खेलहरु नै समूह बी को निर्णायक खेल समेत बन्नेछ ।

Post Comments