International फिफा विश्वकपः मेक्सिकोको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । बिहीबार अबेर रातीदेखि शुरु भएको विश्व फुटबलको महामेला फिफा विश्वकप २०२६ मा सह–आयोजक मध्ये एक मेक्सिकोले विजयी शुरुवात गरेको छ ।

समूह ए तर्फको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । खेल शुरु भएको नवौं मिनटमा जुलियन क्विनोन्सले मेक्सिकेका लागि पहिलो गोल गरेका थिए ।

त्यस्तै दोस्रो हाफको ५०औं मिनटमा दक्षिण अफ्रिकाका याया सिथोलले रातो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा सिमित बनेको थियो । जसको फाईदा फेरि मेक्सिकोले उठायो ।

खेलको ६७औं मिनटमा राउल जिमिनेजले मेक्सिकोका लागि दोस्रो गोल थपे । जुन गोल खेलको अन्तिम गोल पनि बन्यो । तर खेलको नाटकीय क्षण त्यति मै रोकिएन ।

खेलको ८४औं मिनटमा दक्षिण अफ्रिका कै थेम्बा ज्वानेले रातो कार्ड खाँदा पाहुना टोली नौं खेलाडीमा खुम्चियो । उता खेलको अन्तिमतिर इन्जुरी समयमा मेक्सिकेका लागि सिजर मोन्टेजले पनि रातो कार्ड खाँदा घरेलु टोली मेक्सिको पनि दश खेलाडीमा खुम्चिन पुग्यो । तर, त्यसले खेलको नतिजा र मेक्सिकोको जितलाई खासै असर परेन ।

मेक्सिकोले अब समूह चरणको दोस्रो खेलमा १८ जुनका लागि दक्षिण कोरियाको सामना गर्नेछ । सोही दक्षिण अफ्रिकाले भने चेक रिपब्लिकसँग खेल्नेछ ।

Post Comments