Province 3 साफ यु–१९ च्याम्पियनसिपमा आयोजक भारतको शानदार शुरुवात
गोलनेपाल

काठमाडौं । प्रतियोगिताको दावेदार मध्ये एकका रुपमा रहेको आयोजक भारतले शुक्रबारदेखि शुरु भएको साफ यु–१९ च्याम्पियनसिपमा शानदार शुरुवात गरेको छ ।

समूह बी मा रहेको भारतले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ८–० को फराकिलो अन्तरको जित दर्ता गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो । यो जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

्अरुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा भारतका लागि डेनी लाइसरमले ह्याट्रिक गरे । त्यस्तै प्रशन जाजोले दुई गोल गर्दा मोहमद अर्बाश, ओमङ्ग डोडुम र सिंगामयुम सामीले समान एक–एक गोल गरे ।

स्मरण रहोस, समूह बी मै रहेको नेपालले आफ्नो पहिलो खेल मई ११ तारीख आइतबारका दिन श्रीलंकासँग खेल्नेछ । त्यस्तै १३ मईका दिन भारतसँग खेल्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments