Province 2 आर.एफ.सी. हरिवनलाई तेस्रो लहान मेयर गोल्डकपको उपाधि
गोलनेपाल

लहान । झिनो अन्तरको जितका साथ यहाँ सम्पन्न तेस्रो लहान मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आर.एफ.सी., हरिवन, सर्लाहीले जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा आर.एफ.सी. ले चात्या सा पुस्तकालय, दमक, झापालाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । आर.एफ.सी. को जितमा दिकेश तामाङले एक मात्र निर्णायक गोल गरे ।

हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको आर.एफ.सी. ले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्यो भने उपविजेता चात्या सा ले १ लाख ११ हजारमा चित्त बुझायो ।

विधागतर्फ उत्कृष्ट गोलरक्षक आर.एफ.सी. का रोहन तामाङ बन्दा उत्कृष्ट डिफेन्डर चात्या साका एनिसेट चुनिए । उत्कृष्ट मिडफिल्डर आर.एफ.सी. का बिनु मगर बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार आर.एफ.सी. कै क्षितिज भण्डारीले हात पारे ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि आर.एफ.सी. कै रोमन तामाङ चुनिदा उदियमान खेलाडी लहान एफसीका अमन चौधरी बने । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने चात्या साका आशिष लावती घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी, आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरी लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments