Province 1 सिसिडिआइसि धनकुटा दोस्रो पानवारि गोल्डकपको सेमिफाइनलमा प्रवेश
गोलनेपाल

दोस्रो पानवारि गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिसिडिआइसि धनकुटाले विजयी सुरुआत गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।

शनिबार भएको खेलमा सिसिडिआइ सि धनकुटाले आर एफ सि काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। खेलको पहिलो हाफमै निर्णायक गोल गर्दै धनकुटाले अग्रता लिएको थियो।

धनकुटाका लागि खेलको एक मात्र निर्णायक गोल जर्सी नम्बर २१ का सबिन राइले गरेका थिए। राइले निसान लिम्बुको पासमा उत्कृष्ट फिनिश गर्दै पहिलो हाफमै टिमलाई अग्रता दिलाएका थिए, जुन अन्त्यसम्म जोगिन सफल भए।

उक्त प्रदर्शनका लागि सबिन राइलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।

Post Comments