Province 1 पौवादुङमा गाउँपालिका, च्याङ्ग्रे भोजपुर ग्रासरुट का्यकम र खेलाडी उत्पादनमा अगाडि बड्दै (फोटो फिचर)
गोलनेपाल
  • शिवराज अधिकारी

च्याङ्ग्रे । विघालय स्थरबाट खेलाडीहरु उत्पादन गर्ने उदेश्यका साथ गाउपालिकाले दिपक आले फुटबल प्रशिक्षक नियुक्ति गरेसंगै आले हरेक हप्ता विघालयमा नियमित प्र क्षिक्षण दिइरहेका छन् ।

पौवादुङमा गाउँपालिकामा अहिले ६वटा विघालय छन जसम ३० देखि ३५ बिघार्थी छन । ८ वर्ष देखि १५ वर्षसम्मका विघालय स्थरका खेलाडीहरु उत्पादनमा गाउपालिका लागिरहेको छ । गाउँपालिकाबाट खेलकुद सामाग्री खरिदगरी र प्रशिक्षक नियुक्ति संगै अहिले दिपक आले प्रक्षिक्षणमा बेस्थ छन।

आले आफैमा एक एन्फा रेफ्री हुन् र आफ्नै पालिकामा यस्ता कार्यक्रमले खेलाडी उत्पादन र भाेलिका दिनमा रेफ्रि उत्पादन एउटा टेवा पुग्नेछ गाेलनेपाललाई बताउछन् ।भालिकाे दिनमा जिल्ला,प्रदेश हुदै केन्द्र सम्म खेलाडी पुग्ने उनिमा विस्वास छ। उनले गाेलनेपाल संग कुरा गर्दै भने:भाेलिकाे दिनमा गाउँपालिकाले एउटा उमेर समुहकाे प्रतियाेगिता गर्ने विस्वास समेत रहेकाे बताए ।

पौवादुङमा गाउँपालिकाले जिल्ला फुटबल संघ भाेजपुर संग सहकारय गर्दै ग्रासरुटलाई  निरन्तरता दिइरहेकाे छ। पौवादुङमा गाउँपालिकामा खेलकुदकाे बिकाश,पुर्वधारमा निकै अगाडि बड्दै छ । पौवादुङमा खेलकुद बिकास समिति समेत रहेको र पौवादुङमा गाेल्ड कप दाेस्राे सस्करण सम्पन् भइसकेकाे छ । 

Post Comments