News
प्रथम सुन्दरी चोक कप शुरु, बिराटनगर स्पोर्टस एकेडेमीको विजयी शुरुवात
मिक्लाजुङ । शनिबारदेखि शुरु भएको प्रथम सुन्दरीचोककप खुला नकआउट फुटबल प्रतियोगितामा बिराटनगर स्पोर्टस एकेडेमीले विजयी शुरुवात गरेको छ । विजयी शुरुवातका साथ बिराटनगर सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
मिक्लाजु–३ स्थित शहिद स्मृति खेलमैदानमा भएको उद्घाटन खेलमा बिराटनगर स्पोर्टस एकेडेमीले आयोजक सुन्दरीचोक फुटबल क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
बिराटनगरका लागि नवराज कार्की र अभिषेक गुरुङ्गले गोल गरे । पराजित सुन्दरीचोकका लागि भने दिलिप श्रेष्ठले फर्काएका थिए । खेलमा बिराटनगरका नवराज कार्की म्यान अफ दि म्याच घोषित भए ।
सुन्दरी चोक टोल विकास तथा सरसफाई समिति, मिक्लाजुङ, मोरङको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय